
१० माघ। भरतपुर महानगरपालिका ६ गीतानगरमा ट्रक माथि तोडफोड भएको छ। मोटरसाइकलमा जादै गरेका व्यक्तिको समुहले ट्रकको अगाडि पट्टि ढुंगा प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले बताए। उनका अनुसार ना ५ ख ३८६३ नम्बरको ट्रकको अगाडीको सिसामा क्षति पुगेको छ। तोडफोड गर्ने व्यक्तिको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको थापाले बताए।