Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

१० माघ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ ।
समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरुभएको छ । खेलमा उपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । एपीएफले आज पहिलो रोजाइका तीन खेलाडीलाई आराम दिएको छ । आसिफ शेख, प्रदीप ऐरी र अभिनाश बोहरा आज खेलेका छैनन् ।
समूह एबाट अर्को विभागीय टोली त्रिभुवन आर्मीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने प्रदेश १ र गण्डकी प्रदेश बाहिरिसकेको छ ।
अब एपीएफ र कर्णालीमा एक टिममात्र सेमिफाइनल पुग्नेछ । यसअघि लगातार दुई खेल जितेको एपीएफले कर्णालीलाई पराजित गरेमा समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाउनेछ ।
कर्णालीले भने सेमिफाइनल सम्भावना कायमै राख्न एपीएफलाई पराजित गर्नुपर्नेछ । अनी अन्तिम खेलमा एपीएफ आर्मीसँग पनि फराकिलो अन्तरले हार्नुपर्नेछ । तर एपीएफलाई हराउनु कर्णालीको लागि ठूलो चुनौती छ ।
आर्मी र प्रदेश १ सँग पराजित भएको कर्णालीले गण्डकीलाई हराएको थियो ।
एपीएफले भने प्रदेश १ र गण्डकीलाई पराजित गरेको थियो । यस समूहको अन्तिम खेल माघ गते आर्मी र एपीएफबीच हुनेछ ।
यस्तै समूह बी अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । खेलमा लुम्बिनीले टस जिेर फिल्डिङ रोजेपछि सुदूरपश्चिम पहिले ब्याटिङ र्दैछ ।
यसअघि एक खेलमा जित र एक हारको नतिजा निकालेको लुम्बिनीका लागि सेमिफाइनल सम्भावना कायम राख्न जित आवश्यक छ । समूह ए मा बागमति ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ४ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।
सुदूरपश्चिम यसअघिका दुवै खेलमा पराजित हुँदैछ अन्तिम स्थानमा छ ।
लुम्बिनीसग पराजित भएमा सुदूरपश्चिम समूहको अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय