
१० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका(१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।
उनको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।
यस्तै, धनुषाको जनकपुरधाम उप(महानगरपालिका(१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका(१ सोहनीका १९ वर्षीय विवेक यादव पनि पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।