Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ १० । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए । “प्रतिष्ठानको भवन टोखा निर्माण हुनुलाई हामीले गर्वको महसुस गरेका छौँ” , उनले भने, “अब वडा नं ७ को भित्री पक्की सडकबाट प्रतिष्ठानको केन्द्रीय कार्यालयसम्म जाने कच्ची सडक पक्की गर्ने कार्यलाई अघि बढाउँछौँ ।”
उनले रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताए । वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले प्रतिष्ठानको भवनको माथिल्लो तल्ला निर्माणका लागि रु दश लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवनसँगै जोडिएको जग्गा खरिदको प्रक्रिया अघि बढेकाले रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “कलाकारको आगमनले यस वडा सङ्गीतमय भएको छ, आवश्यक सहयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।”
कार्यक्रममा स्व कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहेका छन् । जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय