Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ९ । नेपालका लागि जापानी दूतावासका ‘द चार्ज दी अफेर्स एआई’ योसिओका युजोले स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र, सीएचईसीका अध्यक्ष दामोदरप्रसाद यादवसँग एक सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा वीरगन्ज नगरपालिकास्थित विपन्न महिलाहरुलाई सरसफाइमा सहयोग पुर्‍याउन स्यानिटरी न्यापकिन निर्माण गर्ने मेसिन स्थापना गरिनेछ ।
यो परियोजनामा जापान सरकारको ‘ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट, जीजीपी’ अन्तर्गत कोष प्रदान गरिएको छ र यसमा झन्डै ४० लाख रुपैयाँबराबरको अनुदान समावेश छ । अनलाइन सहयोग हस्ताक्षर समारोहमा योसिओकाले यस योजनामार्फत विपन्न वर्गका महिलाले कम मूल्यमा स्यानिटरी न्यापकिनको पहुँच पाउने र उनीहरुको व्यक्तिगत सरसफाइमा पनि सुधार ल्याउने विश्वास रहेको बताएका हुन् ।
सीएचईसी नेपालमा २००९ मा स्थापना गरिएको थियो जसले पर्सा जिल्लाभर वातावरण संरक्षणका गतिविधिसहित सार्वजानिक विद्यालयहरुमा स्वास्थ्य र सरसफाइ सुधारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जापानी दूतावासले यो सहयोगले आगामी दिनहरुमा जापान र नेपालका जनताबीचको मित्रता बढाउनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय