Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

माघ ९। चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ एक लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले बाँडफाँट भएको छ भने सोहीमध्ये दुई कित्ता सेयर दुईजनालाई एक÷एक कित्ताको दरले थप गरेर बाँडफाँट भएको ग्लोबल आइएएमई क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९५३ जनाको आवेदन परेकोमा पाँच हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् । बाँकी रहेको १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन मध्येबाट गोलाप्रथाले १३ लाख ९६ हजार २२ कित्ता सेयर एक लाख ३९ हजार ६०२ जनालाई बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये १० लाख ७१ हजार ५१५ जनाले भने सेयर नपाएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले गएको पुस २४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो । त्यसबाट ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको थियो ।
कम्पनीले यसअघि परियोजना प्रभावित काठमाडौं र मकवानपुरका स्थानीयको लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले काठमाडौंको चन्द्रगिरि नगरपालिकामा केबलकार र रिसोर्ट सञ्चालन गरीरहेको छ ।
कम्पनीले आईपीओमा आवेदन गर्ने सबैलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय