Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

९ माघ । दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् ।
आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय परिसरमा भएको थियो जहाँ विदेशी देशका सर्वसाधारणको पहुँच कम हुन्छ ।

उनले आरोहीको साहसको प्रशंसा गर्दै नेपाल र पाकिस्तानको बिचमा लामो समयदेखि गहन सम्बन्ध रहेको चर्चा गरे ।
कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारले आरोहण टोलीलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपाली नागरिकले पाकिस्तानमा प्राप्त गरेको सफलता दुवै देशका लागि गौरवको विषय हो ।’
नेपालका १० जना पर्वतारोहीले गत शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । संसारको दोस्रो सर्वोच्च शिखर केटुमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।
नेपालका निर्मल निम्सदाइ पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५स्४५ बजे ९स्थानीय समयअनुसार ५ बजे० ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका थिए ।
दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना आरोहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय