
माघ ९ । भक्तपुरबाट १२ जुवाडे पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–४, नयाँ खोरियास्थित खुला चौरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दोलखाको सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनाको साथबाट एक लाख ७३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।