माघ ९ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको हो ।
प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाए ।
त्यस्तै कुमार थापाले २२ रन बनाउँदा राहुल प्रताव सिंहले १८ रनको योगदान गरे । बलिङतर्फ वाग्मती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन ओभर सहित २९ रन खर्चे । त्यस्तै रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । वाग्मती प्रदेश लगातार तेस्रो जित निकाल्दै आफूलाई सेमिफाइनल नजिक पुर्याउने योजनामा हुनेछ । यता प्रदेश दुई पहिलो जितको खोजिमा छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs