Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
खोप लगाउने स्वास्थ्यकर्मीको विवरण तीन दिनभित्र संकलन हुने
Nepali Unicode | Preeti to Unicode

माघ ९ । पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण संकलन तीन दिनभित्र हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि लिखित माध्यमबाट तयार गरेको सूचीमा व्यक्तिको पूरा विवरण नआएकाले अनलाइन प्रक्रियाबाट संकलन गर्न लागिएको हो । अनलाइनमार्फत विवरण संकलन गर्न तीन दिन लाग्ने मन्त्रालयको सूचना शाखाले जनाएको छ ।
खोप सचिवालयले गएको पुस २६ गते खोप लगाउनेको नामावली आइपुगिसकेको जानकारी दिएको थियो । पूरा विवरण नभएकाले अनलाइन माध्यमबाट फेरि संकलन गर्न लागिएको हो ।
सरकारले पहिलो चरणमा स्वास्थयकर्मी, सफाइकर्मी र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खोप दिने घोषणा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय