Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ ९ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कुल १८ अर्ब तीन करोड २६ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब छ करोड ८३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले लक्ष्यमा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार रुपैयाँ कम संकलन गरी समग्रमा ७८।१७ प्रतिशत प्रगति गरेको जनाएको छ ।
गएको वर्षमा सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार रुपैयाँ राजस्व कम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।
चालु आवमा गएको वर्षमा सो अवधिमा संकलित राजस्वभन्दा दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय