Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

८ माघ । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए ।
‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने दलील पेश भइरहेको उनले बताए । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनर्स्थापना नहुने पौडेलको तर्क छ ।
पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने दावी गरे ।
तर, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको उनले बताए । निर्वाचन आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय