Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

माघ ८ । चलचित्र ‘चिसो मान्छे’ निर्माण पक्षले स्क्रिप्ट लक गरेको छ । फागुनको पहिलो हप्ताबाट छायांकनमा जाने तयारी गरिरहेको निर्माण पक्षले स्क्रिप्ट लक गरेको हो ।
निर्देशकसमेत रहेका दीपेन्द्र के खनालले पोखरा पुगेर स्क्रिप्ट लेख्ने काम सकेका हुन् । “लकडाउन सुरु हुँदादेखि नै स्क्रिप्टमा काम गरिरहेको थिएँ । अहिले पोखरा पुगेर स्क्रिप्टको काम सकेँ,” निर्देशकसमेत रहेका लेखक खनालले भने, “अब काठमाडौं फर्किएर वर्कसपमा बस्नु पर्ने छ ।”
एकले अर्कोप्रति गर्ने ब्यवाहारमा चिसो पन बढ्दै गएको सन्दर्भ र धोकाधडीको कथा चलचित्रको मुख्य कथानक भएको निर्देशक खनालले बताएका छन् । आफैंले लेखेको कथा उनी स्वयं खिच्दैछन् ।
चलचित्रमा स्वस्तिमा खड्का र अपर्ण थापा मुख्य भूमिकामा छन् । अपर्ण अहिले अष्ट्रेलियामा रहेकाले पनि चलचित्रको छायांकनमा केही ढिलाई भएको हो ।
डीएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डेको लगानी रहने छ ।
चलचित्र २०७८ भदौ ११ गते रिलिज हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय