
माघ ८ । चलचित्र ‘चिसो मान्छे’ निर्माण पक्षले स्क्रिप्ट लक गरेको छ । फागुनको पहिलो हप्ताबाट छायांकनमा जाने तयारी गरिरहेको निर्माण पक्षले स्क्रिप्ट लक गरेको हो ।
निर्देशकसमेत रहेका दीपेन्द्र के खनालले पोखरा पुगेर स्क्रिप्ट लेख्ने काम सकेका हुन् । “लकडाउन सुरु हुँदादेखि नै स्क्रिप्टमा काम गरिरहेको थिएँ । अहिले पोखरा पुगेर स्क्रिप्टको काम सकेँ,” निर्देशकसमेत रहेका लेखक खनालले भने, “अब काठमाडौं फर्किएर वर्कसपमा बस्नु पर्ने छ ।”
एकले अर्कोप्रति गर्ने ब्यवाहारमा चिसो पन बढ्दै गएको सन्दर्भ र धोकाधडीको कथा चलचित्रको मुख्य कथानक भएको निर्देशक खनालले बताएका छन् । आफैंले लेखेको कथा उनी स्वयं खिच्दैछन् ।
चलचित्रमा स्वस्तिमा खड्का र अपर्ण थापा मुख्य भूमिकामा छन् । अपर्ण अहिले अष्ट्रेलियामा रहेकाले पनि चलचित्रको छायांकनमा केही ढिलाई भएको हो ।
डीएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डेको लगानी रहने छ ।
चलचित्र २०७८ भदौ ११ गते रिलिज हुँदै छ ।