Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ ८ । स्पेनिस च्याम्पियन टोली रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बुधबार राति तेस्रो तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।
एल्कोयानोको मैदानमा रियलले पहिले अग्रता बनाएको थियो ।
रियलका लागि खेलको ४५ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै अग्रता दिलाएका थिए । ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २–१ को जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय