Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ८ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७७र०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ ।
राहदानी शुल्कबापत् ९२ लाख १० हजार ५००, न्यायिक दन्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«सन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी, प्रशासनिक दन्ड, जरिवाना, जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अंगीकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय