Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ ८ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७७र०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ ।
राहदानी शुल्कबापत् ९२ लाख १० हजार ५००, न्यायिक दन्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«सन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी, प्रशासनिक दन्ड, जरिवाना, जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अंगीकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय