Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

७ माघ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक अनियमितता गर्ने जोकोही भए पनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा नछाड्ने बताइरहदा संगठनमा भने घुुुस लिने परम्पराले अझै पनि निरन्तरता पाइरहेको छ ।
गत, पौष २१ गते रातोमाटे चेकपोस्टबाट दुइ जना प्रहरी हवल्दार सहित एक जना प्रहरी जवान नगद पाँच सय रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेको १५ दिन नबित्दै चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कार्यरत एक प्रहरी रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हवल्दार लोकबहादुर एक बर्ष अगाडी मात्रै चितवन ट्राफिक आएका थिए भने, अर्का महिला प्रहरी जवान जिल्ला प्रहरी कार्यालय चितवन दरबन्दी भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा खटिदै आएकी थिइन् । उनी दुइ बर्ष देखि चितवन ट्राफिकमै कायारर्त रहेको स्रोत बताउँछ ।
पक्राउ परेकाहरुलाइ वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरे वापत अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकहरुसँग रकम लिइसकेको अवस्थामा ९हिजो० मंगलबार साँझ नारायणगढको पुलचोकबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु अब स्वत निलम्बन हुने छन् । सवारी साधनका चालकहरुले पुलचोकको एक पसलमा रकम जम्मा गर्ने र बेलुका उक्त पसल बाट प्रहरीले रकम लिने गरेको अनुसन्धानका क्रम्मा खुलेसंगै उनीहरुमाथी थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक प्रवक्ता मिरा चौधरीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय