Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
चितवनमा बस र ट्रक ठोक्किँदा एकको ज्यान गयो
Nepali Unicode | Preeti to Unicode

माघ ७ । पूर्वी चितवनको राप्ती नगरपालिका–५, कालिका पेट्रोलपम्पनजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नम्बरको ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट, चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा संग्रौला र ट्रकका सहचालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय