माघ ६ । अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ । घरेलु टिमविरुद्धको टेस्ट सिरिज भारतले जित्न सफल भएको हो ।
मंगलबार भएको अन्तिम तथा निर्णायक टेस्टमा अस्ट्रेलियालाई ३ विकेटले हराउँदै भारतले सिरिज २–१ ले आफ्नो बनाएको हो ।
ब्रिसबेनमा भएको टेस्टको चौथो दिन सोमबार अस्ट्रेलिया दोस्रो इनिङ्समा २९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३२८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भारतले बोडर–गावस्कर टेस्ट आफ्नो बनायो ।
भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय पारी खेले । ऋषभ पन्त ८९ रनमा अविजित रहे ।
अस्ट्रेलियाका प्याट कमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।
दोस्रो इनिङ्समा अस्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रनको योगदान गरे ।
भारतका मोहमद सिराजले ५ विकेट लिए ।
भारतले पहिलो इनिङ्समा अलआउट हुनुपूर्व ३३६ रन बनाएको थियो । भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन जोडे ।
अस्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । प्याट कमिन्स र मिचेल स्टार्कले २र२ विकेट लिए ।
यस्तै, अस्ट्रेलिया पहिलो इनिङ्समा ३६९ रन जोड्दा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १०८ रन बनाएर आउट भए ।
भारतका टी–नटराजन र सार्दुल ठाकुरले ३र३ विकेट लिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs