Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ६। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
कर्णालीका लागि हिमान्सु शाहीले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ७ चौकाको सहयोगमा ६८ रन बनाए । त्यस्तै, विपीन रावलले ४९ रन जोड्दा राज शाह ३२ र हेमन्त ओलीले २९ रनको योगदान गरे ।
बलिङतर्फ गण्डकीका लागि विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले यसअघिको खेलमा पनि ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै, सुवास भण्डारीले एक विकेट झारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
गण्डकीका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४६ रन बनाउँदा विपीन खत्रीले ३२ रनको योगदान गरे ।
जितसँगै कर्णालीको दुई खेलबाट २ अंक भएको छ । पराजित गण्डकीको तीन खेलबाट २ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय