Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

६ माघ । ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताएअनुसार कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार पोखरेल भेटेनरी सामानका सप्लायर हुन् । उनीहरुबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो ।
पोखरेल दम्पत्तिसँगै फ्याल्टमा आमाबुबा पनि बस्ने गरेका थिए । तर, उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको हो । आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको भनिएको छ ।
प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुगेको थियो । घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट प्रहरीले भेट्टाएको छैन । घटना पछाडिको कारण पत्ता लगाउन प्रहरीले अहिले आफन्तजनसँग सोधपुछसँगै उनीहरुको मोबाइल विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।
घटनास्थलबाट बरामद मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको महर्जनले बताए । उनका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।ला
यसअघि २५ पुसमा काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । हालसम्मको अनुसन्धानले सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय