
माघ ६ । लोकगायिका हरिदेवी कोइराला पुराना स्रस्टा तथा सर्जकहरूको सिर्जना जस्ताको तस्तै संरक्षण गर्न आवश्यक रहेको बताउँछिन् । नेपालको तत्कालीन परिवेश, समय र सन्दर्भको संरक्षणका लागि पनि अग्रज स्रस्ता तथा सर्जकका सिर्जना अतिक्रमित गर्न नहुनेमा उनको जोड छ ।
आउँदो पुस्तालाई नेपालको इतिहासको जानकारी गराउन पनि पुराना कला, संस्कृति र साहित्यको जगेर्ना गर्नुपर्ने हरिदेवी बताउँछिन् । “हिजोको परिस्थिति, समय भनेको इतिहासको दर्पण हो । त्यसैले यसको संरक्षणका लागि नयाँ पुस्ताले जति सकिन्छ, पुराना पुस्ताको कला, संस्कृति तथा गीत(संगीत संरक्षण गर्नुपर्छ,” उनी भन्छिन्, “नाम किन लिइरहनु पर्दैन विनाअनुमति अरुको सिर्जना धेरै प्रयोग गरेको र आफ्नै भनेर ल्याएका भाका तथा शब्दहरू पनि धेरै मिलिरहेको पाइन्छ । कतिले जानेर त कतिले नजानेर यसो गरिरहनुभएको छ । यसम नयाँ पुस्ता सजग हुनुपर्छ ।”
जिउँदै रहेका कलाकारहरूको गीत(संगीत चोरी गरेर उनीहरूको अवमूल्यन गरिरहेको भन्दै हरिदेवी उनीहरूको ठूलो योगदान गरेका स्रस्टाहरूलाई पछि पार्दा त्यसको परिणाम राम्रो नआउने बताउँछिन् । आफ्नो समयमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तिहरूको अस्त्त्विको अन्त्य गर्ने काम कसैले पनि गर्न नहुनेमा उनको जोड छ ।
“अरुको गीतलाई आफ्नो बनाएर ल्याउने चलन हाबी हुँदै गयो भने विस्तारै नयाँ सिर्जना आउन छोड्छ । नयाँ पुस्ताले पुराना पुस्ताले तयार पारेका शब्द तथा लय संकलनलाई नै कपी गरेर ल्याउने सजिलो बाटोको रुपमा लिएको छ । एउटा शब्द एउटा गीतबाट अर्को शब्द र लय अर्को गीतबाट ल्याउने प्रचलन हाबी भयो,” उनी भन्छिन्, “यसले नयाँ लय तथा शब्द संकलन गर्ने चलन नै हराएर जाने भयो । लुकेर रहेका मौलिक भाका तथा शब्दहरू नै बाहिर नआउने अवस्था आयो । पुरानो पुस्तासँगै भाकाहरू पनि मरेर जाने अवस्था देखियो ।”
खोजी तथा अध्ययन गर्ने बानी नयाँ पुस्तामा नरहेको उनको भनाइ छ । अरुको सिर्जना आफ्नो बनाउने प्रचलनलाई अन्त्य गर्न त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा हरिदेवीको जोड छ ।
प्रतिलिपि अधिकारको कानुन संशोधन गर्नुपर्ने हरिदेवीको धारणा छ । अरुको सिर्जना चोरी गर्नेलाई कडा कारबाही गरिनुपर्नेमा उनको जोड छ ।
लोकगीतका प्रकार छुट्याउनुपर्ने भन्दै उनी भन्छिन्, “कुन संकलन गरिएको लोक गीत हो र कुन रचना गरिएको हो । कुन स्थानीय रैथाने गीत हो र कुन पर्व गीत हो भन्ने छुट्याएको अवस्थामा पनि केही सहज हुन्छ ।”
कानुनमा के छ र के हुनुपर्छ भन्नेभन्दा पनि नैतिकता र व्यवाहार सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको उनको ठम्याइ छ । एकपटक कुनै सर्जकले गाइसकेको गीत अर्कोपटक फेरि मेरो भन्दै कसैले गाउनाले सांगीतिक क्षेत्रमा डामाडोलको अवस्था ल्याउने उनी बताउँछिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्यसमेत रहेकी हरिदेवी प्रतिष्ठानको मुख्य उद्देश्य गीतसंगीतको अध्ययन अनुसन्धान गर्नु भए पनि पुराना गीत(संगीत चोरी गर्ने प्रवृत्तिलाई रोक्न पनि अग्रसर हुनुपर्ने बताउँछिन् । “प्रतिष्ठान स्रस्टाहरूको घर हो । यसले स्रंस्टाको संरक्षण र संवर्द्धन गरेपछि मात्रै नयाँ लोकभाकाहरू आउँछन्,” उनी भन्छिन्, “प्रतिष्ठाले पनि विस्तारै आफ्नो दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ ।”
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गीतसंगीतमा चोरी गर्ने प्रवृत्ति मौलाएको भन्दै यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिँदै आएको छ । यसका लागि सर्जक र सर्जकका संस्थाहरू पहिला एकजुट हुनुपर्ने र प्रतिलिपि अधिकारको कानुन नै संशोधन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिष्ठाले लोकभाका र लोक शब्दहरू सबैको साझा भएकाले यसमा कपिराइट लाग्दैन भन्ने प्रतिलिपि अधिकारको कानुनमा उल्लेख भएकाले पनि पुराना लोक भाकाहरूको चोरी बढिरहेको भन्दै कानुन संशोधनमा जोड दिएको छ । लोकगीत(संगीतको संरक्षणमा सरकार उदासीन देखिएकै कारण पुराना लोकभाकाहरूलाई नयाँ पुस्ताले कहाँ कतिबेला आफ्नो बनाउँछ निश्चित नरहेको प्रतिष्ठानका अध्यक्ष रमेश बीजी बताउँछन् ।
संगीतकार शम्भुजित बास्कोटा नयाँ पुस्ताका संगीतकर्मीको सपनालाई साकार बनाउन कपिराइट र रोयल्टीको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिन्छन् ।
“सबैलाई वसन्त सापकोटा, राजनराज शिवाकोटी, राजन इशान बन्ने सपना हुन्छ । अरु गाडी चढेको देख्दा म पनि यस्तै हुन्छु भन्ने सोचले आजको पुस्ता यो क्षेत्रमा लागिरहेको छ । तर के सबैको अवस्था त्यस्तै हो । अधिकांश संगीतकर्मीको अवस्था कस्तो छ रु” नयाँ पुस्ताले राम्रो भविष्यको सपना बुन्दै संगीत क्षेत्रमा आउने गरेको भन्दै संगीतकार बास्कोटा भन्छन्, “संगीतकार संघले चालेको कदम, लक्ष्मण शेष र उहाँको टिमले सुरु गरेको कपिराइट र रोयल्टीको अभियनमा साथ दिन म सबैलाई आग्रह गर्छु । सबै एकसाथ भएर लागेको अवस्थामा मात्र हामीले जित्न सक्छौं । अहिले मैले यो किन भनिरहेको छु, तपाईंहरूले जुन दिन रहन्न त्यो दिन थाहा पाउनु हुनेछ ।”
अहिले कोही एक व्यक्तिको अधिकार हनन् भए पनि अन्ततः त्यो दिन आफूलाई पनि आउन सक्नेतर्फ अहिले नै सचेत भएर लाग्नुपर्नेमा उनको जोड छ ।