
माघ ६। मिस नेवा नेपाल ११४१ आयोजना हुने भएको छ । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष मिस नेवाः नेपाललाई निरन्तरता दिने भएको हो ।
नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञ प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवा हुन लागेको हो ।
१५औं संस्करणको मिस नेवा नेपाल ११४१मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दै छन् ।
मिस नेवा का प्रतिस्पर्धीहरुले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटी टाएटल जित्ने छन् ।