Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ ५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिला संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनपछि संविधान र लोकतन्त्र दुवै ‘डिरेल’ भएको बताउँदै आएका पौडेलले लोकतन्त्र र संविधानको रक्षापछि मात्र चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।
“लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,” पौडेलले सामाजिक सन्जालमा लेखेका छन्, “७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहीन बन्‍न सक्छ ।” उनले संविधान र लोकतान्त्रलाई औचित्यहीन बन्ने बाटो कांग्रेले रोक्नुपर्ने बताए ।
“लोकतान्त्रिक व्यवस्थाकै लागि तीन पुस्ताले लडिसक्यो, अझै कति पुस्ताले लड्ने रु” पौडेलले बाह्रखरीसँग भने, “हामीले यो संविधान ल्याएपछि फेरि लोकतन्त्रका लागि लड्नुपर्ने दिन सकियो भन्यौं, प्रधानमन्त्रीले पनि त्यही भन्नुभयो तर, उल्टो यात्रा आफैंले सुरु गर्नुभयो ।”
प्रतिनिधिसभा पुनस्थापनामा जोड दिँदै आएका पौडेल संविधान जोगाउने कुरालाई मुख्य प्राथमिकताका रुपमा उठाउँदै आएका छन् । “संविधानको रक्षापछि मात्र निर्वाचनमा जानु उपयुक्त हुन्छ, लोकतन्त्र नै रहेन भने निर्वाचनबाट प्रतिनिधि आउने व्यवस्थाले मात्र व्यवस्थाको रक्षा गर्न सक्दैन,” पौडेलले भने, “जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।”
कांग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधिसभा दुवै स्वीकार्न तयार रहेका बेला पौडेल पक्ष भने पहिले संविधानको रक्षा त्यसपछि मात्र निर्वाचन हुनुपर्ने पक्षमा छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेले त्यही दिन प्रधानमनत्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसको संस्थापन पक्ष भने अदालतको आदेशअनुसार चुनाव र पुनस्स्थापना दुवै स्वीकार्य भन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय