Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

माघ ५ । मुसहर समुदायले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान थालेका छन् । मधेसमा बसोबास गर्ने पिछडिएका मुसहर समुदाय सहयोग लिने मात्रै नभएर देश निर्माणका लागि सहयोग गर्न अगाडि बढ्न सक्छ भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग संकलन अभियान थालेको पचु माझीले बताए । उनी मुसहरको हकहितमा काम गर्दै आएको भोर संस्थाका संयोजक हुन् ।
‘मुसहरको पीडामा धुर्मुस–सुन्तली फाउन्डेशनले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ’ नारासहित रंगशाला निर्माणमा मुसहर समुदायले सहयोग संकलन अभियान थालेको उनले बताए । माघ १ गते विश्वभरका मुसहर समुदायले मनाउने भुइँया महाराजको पूजाको अवसरमा धनुषाधाम नगरपालिका मुगराहामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय भुइँया दिवसस्थलबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो । धनुषाबाट सुरु भएको आर्थिक सहयोग संकलन अभियान मुसहर समुदायको बसोबास रहेको हरेक जिल्ला र विदेशमा कार्यरत मुसहर समुदायसँग रकम संकलन गरी हस्ताान्तरण गरिने छ ।
अभियान नेपालमा देशभर तथा भारत र विदेशमा रहेका मुसहर समुदायबाट माघ महिनाभर संकलित सहयोग रकम क्रिकेट रंगशाला निर्माणस्थलमा मुसहर समुदायका युवा र अगुवासहितको प्रतिनिधिले धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्नेछन् । नेपालमा ३२ जिल्लामा १२ लाख मुसहर समुदायको बसोबास छ । मोरङदेखि नवलपरासीसम्म १५ जिल्लामा मुसहर समुदायको छरिएका छन् । सर्लाही पोखरीयाका श्याम माझीले मुसहरले रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलन अभियानले सकारात्मक सन्देश दिने बताए । चरम् गरिबी, रोग, भोक, शोक, अशिक्षा र अभावमा जीवन जिउन बाध्य मुसहर समुदायबाट निकै ठूलो रकम संकलन नभए पनि देशविदेशका सम्पन्न र सरोकारवालालाई सन्देश दिने भोरका संस्थापक तथा अभियानका पहलकर्ता राजकुमार महतोले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय