Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ५ । मुसहर समुदायले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलन अभियान थालेका छन् । मधेसमा बसोबास गर्ने पिछडिएका मुसहर समुदाय सहयोग लिने मात्रै नभएर देश निर्माणका लागि सहयोग गर्न अगाडि बढ्न सक्छ भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग संकलन अभियान थालेको पचु माझीले बताए । उनी मुसहरको हकहितमा काम गर्दै आएको भोर संस्थाका संयोजक हुन् ।
‘मुसहरको पीडामा धुर्मुस–सुन्तली फाउन्डेशनले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ’ नारासहित रंगशाला निर्माणमा मुसहर समुदायले सहयोग संकलन अभियान थालेको उनले बताए । माघ १ गते विश्वभरका मुसहर समुदायले मनाउने भुइँया महाराजको पूजाको अवसरमा धनुषाधाम नगरपालिका मुगराहामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय भुइँया दिवसस्थलबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो । धनुषाबाट सुरु भएको आर्थिक सहयोग संकलन अभियान मुसहर समुदायको बसोबास रहेको हरेक जिल्ला र विदेशमा कार्यरत मुसहर समुदायसँग रकम संकलन गरी हस्ताान्तरण गरिने छ ।
अभियान नेपालमा देशभर तथा भारत र विदेशमा रहेका मुसहर समुदायबाट माघ महिनाभर संकलित सहयोग रकम क्रिकेट रंगशाला निर्माणस्थलमा मुसहर समुदायका युवा र अगुवासहितको प्रतिनिधिले धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्नेछन् । नेपालमा ३२ जिल्लामा १२ लाख मुसहर समुदायको बसोबास छ । मोरङदेखि नवलपरासीसम्म १५ जिल्लामा मुसहर समुदायको छरिएका छन् । सर्लाही पोखरीयाका श्याम माझीले मुसहरले रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलन अभियानले सकारात्मक सन्देश दिने बताए । चरम् गरिबी, रोग, भोक, शोक, अशिक्षा र अभावमा जीवन जिउन बाध्य मुसहर समुदायबाट निकै ठूलो रकम संकलन नभए पनि देशविदेशका सम्पन्न र सरोकारवालालाई सन्देश दिने भोरका संस्थापक तथा अभियानका पहलकर्ता राजकुमार महतोले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय