Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

माघ ५ । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि हातमा पारेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो । लियोनल मेस्सीले रातो कार्ड पाएका थिए ।
खेलको ४० औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।
७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए ।
अतिरित्त समयमा बिल्बाओले सहज जित निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय