Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

५ माघ । दुर्लभ एकसिंगे गैंडाको मर्ने क्रम बढेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष ०७७(७८ को छ महिनामा २० गैंडा मरेका छन्। शिकारीले मात्रै चार वटा गैंडा मारेका छन्।
शिकारीहरु पक्राउ परिसकेका छैनन्। निकुञ्जले अनुसन्धान गरिरहेको छ। गत आर्थिक वर्ष ०७६(७७ मा निकुञ्जमा २६ वटा गैंडा मरेका थिए। गत आवमा शिकारीले गैंडा मार्न पाएका थिएनन्।
पछिल्लो छ महिनामा निकुञ्जले १४/१५ वर्ष अगाडि गैंडाको शिकार गरी खाग तस्करीमा संलग्न भई फरार रहँदै आएका दुई शिकारीलाई पक्राउ गरेको छ। भरतपुर–२६ दिव्यनगर घर भएका सूर्य महतो भन्ने सुरज चौधरीलाई निकुञ्जले राप्तीको खुरखुरेबाट पक्राउ गरी जेल चलान गरेको हो। गैंडाको शिकार गरी खाग तस्करी गरेको आरोपमा निकुञ्जले उनीविरुद्ध ०६२ साल असोजमा मुद्दा दायर गरेको थियो। ०६४ पुसमा भएको फैसलाले उनलाई १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। त्यस्तै, निकुञ्जका सुरक्षाकर्मीले गैंडा शिकारीमा संलग्न माडीका शनिचरा महतोलाई पक्राउ गरी कारागार पठाएको छ।
यस आवको पुस मसान्तसम्ममा निकुञ्जमा मरेका २० गैंडामध्ये प्राकृतिक कारणले १६ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।
एउटा गैंडा चुरेको घाँचबाट लडेर मृत्यु भएको हो। तीन वटा बच्चा गैंडा मरे। बाघको आक्रमण, भाले गैंडाले हानेर र माउ गैंडाबाट लामो समयसम्म छुट्टिएर बस्दा एक(एक वटा बच्चा गैंडा मरेको उनले बताए। बाँकी आठ वडा गैंडाहरु बुढो भएर मरेको उनको भनाइ छ।
शिकारीले हानेको गोली लागेर भदौ १७ गते एउटा, कार्तिक १९ गते दुई वटा र कार्तिक २० गते एउटा गैंडा मृत भेटिएको हो। कार्तिक १९ गते भेटिएका गैंडा माउ र बच्चा हुन्। दुवै गैंडाको शरिरमा गोली लागेको थियो। उनीहरुको खाग पनि नभेटिएको उनले बताए।
‘भदौ १७ मा चाँहि गैंडामाथि शिकारीले आक्रमण गरेको तर खाग लैजान नपाएको हो’, उनले भने। भदौ १७ गते खाग लैजान नपाएपछि शिकारीले कार्तिक १९ गते गैंडाको माउ र बच्चालाई पुनः आक्रमण गरेको हुन सक्ने निकुञ्जको अनुमान छ। ‘कार्तिक २० गते भेटिएको एउटा गैंडा चाँहि गत आवमै मारिएको हो कि भन्ने आँकलन छ’, उनले भने, ‘भेट्न त यो वर्ष भेटियो। हाडखोर मात्रै भेटिएकाले पुरानै हुन सक्छ।’
भदौ १७ गते निकुञ्जको पश्चिमी अमलटारी सेक्टरको रातो घोल क्षेत्रमा मृत अवस्थामा गैंडा भेटिएको हो। त्यसपछि शिकारीले कार्तिक १९ गते निकुञ्जको पश्चिमी अमलटारी सेक्टरकै मर्दि घोल इलाकामा दुई गैंडा मारेका हुन्। कार्तिक २० गते कसरा सेक्टरको सिसुवार पोष्ट नजिक गैंडाको हाडखोर मात्रै बाँकी रहेको अवस्थामा भेटिएको उनले बताए।
गैंडाको चोरी शिकारी मुद्धामा जेलसजाय भोगेर छुटेका केहि शिकारीहरुले पुनः गैंडा मारेको हुन सक्ने निकुञ्जको अनुमान छ। सन् २०१५ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा छन्। सरकारले आगामी चैतदेखि गैंडाको गणना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय