Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ ४ । विश्वव्यापी कोरोना महामारीले बन्द भएको काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुलेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाई १० महिनापछि विद्यालय खोल्न स्थानीय तहले अनुमति दिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाबाहेक अन्य नगरपालिकामा असारपछि नै भौतिक रूपमा विद्यालय सञ्चालनमा आएका थिए ।
काभ्रे, बनेपालगायत देशभरिका अन्य नगरपालिका र गाउँपालिकाले यस अवधिमा विद्यालय खोल्ने र संक्रमितको दर बढ्नेबित्तिकै बन्द गर्ने गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा निर्देशिका नै जारी गरेको थियो ।
काठमाडौँ महानगरपालिकाबाहेक अन्तका अधिकांश विद्यालयलाई कोरोना सेन्टर र आइसोलेसन र क्वारेन्टिन भवन बनाइएपछि विद्यालय शिक्षा झनै अलपत्र परेको थियो ।
काठमाडौं उपत्यकाको हकमा भने कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले वैकल्पिक माध्यमा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द नै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय