Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ ४ । विश्वव्यापी कोरोना महामारीले बन्द भएको काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुलेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाई १० महिनापछि विद्यालय खोल्न स्थानीय तहले अनुमति दिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाबाहेक अन्य नगरपालिकामा असारपछि नै भौतिक रूपमा विद्यालय सञ्चालनमा आएका थिए ।
काभ्रे, बनेपालगायत देशभरिका अन्य नगरपालिका र गाउँपालिकाले यस अवधिमा विद्यालय खोल्ने र संक्रमितको दर बढ्नेबित्तिकै बन्द गर्ने गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा निर्देशिका नै जारी गरेको थियो ।
काठमाडौँ महानगरपालिकाबाहेक अन्तका अधिकांश विद्यालयलाई कोरोना सेन्टर र आइसोलेसन र क्वारेन्टिन भवन बनाइएपछि विद्यालय शिक्षा झनै अलपत्र परेको थियो ।
काठमाडौं उपत्यकाको हकमा भने कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले वैकल्पिक माध्यमा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द नै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय