Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

माघ ३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले संसद विघटन हुनुमा प्रधानमन्त्री ओलीसंगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको आरोप लगाएका छन । नेपाली काँग्रेस रत्ननगर नगर समितिले शनिवार यहाँ आयोजना गरेको विरोध कार्यक्रममा उनले ससद् विघटन जस्तो संबैधानिक अपराधको दोषी ओली मात्र नभइ प्रचण्ड र माधव नेपाल पनि भएको बताए ।
सत्ता लुछाचुडीका कारण प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भन्दै उनले असंबैधानिक कु को जिम्मेवार प्रचण्ड र माधव नेपाल भएको बताए । प्रधानमन्त्रीलाई बलियो बनाएर पार्टीलाई छायामा राख्ने काम प्रचण्ड र माधन नेपालले गरेका हुन उनले भने संसद् विघटन ओलीले मात्र गरेर भएको होइन,प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी हुन । यो अपराधको दोष सिंगो नेकपाले दिनुपर्ने भन्दै उनले ओली मात्र यसको दोषी होइनन् ।
संविधान माथी प्रधानमन्त्रीले गरेको आक्रमणको विरोधमा काँग्रेस सड्कमा आएको भन्दै उनले संसद् पुनस्र्थापना नभए सम्म संघर्ष जारी राख्ने बताए । जनताको विश्वास माथी खेलवाड गरिएको भन्दै नेता आचार्यले कुनै दललाई बल प्रदान गर्न नभइ जनतालाई साथ दिन काँग्रेस सडकमा आएको बताए । सभा सुरु हुनुभन्दा पूर्व काँग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो । ¥यालीमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सहसचिव सुर्य सुर्य अर्याल,नगर सचिव सीतादेबी शर्मा रेग्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अर्का नगर सचिव देबेन्द्र बहादुर भूजलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय