Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

३ माघ । नेपाली काँग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनका क्रममा चितवनका सात स्थानीय तहमा आज बृहत कार्यक्रमहरु हुदैछन । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो ।
काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
श्रेष्ठका अनुसार पौडेलले भरतपुर महानगरपालिकाको बिरोध सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ वजे शारदानगरमा हुने बिरोध सभामा पौडेल र संग्रौलाले सम्बोधन गर्नुहुने छ ।
राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्दै हुनुहुन्छ । भण्डारामा ११ वजे र रत्ननगरमा दिउँसो १ वजे बिरोधसभा हुँदै छ । यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ वजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ वजे, माडीको बसन्तपुरमा १२ः३० बजे र ईच्छाकामनाको मुग्लिन बजारमा १२ः३० वजे बिरोध प्रदर्शन संगै सभा हुँदै छ । ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले संसद विघटन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो । यसअघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानीक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय