Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २ । कप्तान विनोद भण्डारीको शतकको सहयोगमा आर्मीले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई २८८ रनको बलियो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक पूरा गरे । ७६ बल खेलेका उनले ९ चौका र ५ छक्कामा अविजित १११ रन बनाउन सफल भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बल खेल्दै ५ चौका १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए ।
आर्मीका लागि राजु रिजालले ४५ रन बनाउँदा राजेश पुलामी ३८ र लोकश बमले ४२ रनको योगदान गरे । बलिङतर्फ गण्डकी प्रदेशका लागि विपिन खत्री र विशाल पौडेलले समान दुई(दुई विकेट लिन सफल भए । त्यस्तै दीपेश खत्री र चन्द्र पौडेलले एक(एक विकेट लिन सफल भए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । साबिकको उप(विजेता आर्मी यो सिजन उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय