Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

२ माघ । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो ।
समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनाकै तुलनामा पनि सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार २०७७ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।
सेयर बजारको पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा समेत निकै राम्रो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनाको चुलनामा चालु आर्थिक वर्षको ५ महिनामा ९०७ अंक भन्दा धेरैले नेप्से परिसूचकमा सुधार आएको छ । कुनै बेला बजार निकै ओरालो लागेर १ हजार हारहारीमा पुगेको नेप्से परिसूचक पुस मसान्तसम्म २ हजार २ सय भन्दा माथि पुगेको छ ।
मंसिरसम्मकै मात्रै तथ्यांक हेर्दा पनि निकै राम्रो सुधार देखिएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार २०७६ मंसिर मसान्तमा ११५४।१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा २०६१।४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२।४ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय