Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

पौष २८ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई पनि पुनर्कर्जा लिन आह्वान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि सूचना प्रकाशित गर्दै पुनर्कर्जाको लागि आवेदन दिन आह्वान गरेको हो ।
राष्ट्र बैंकले पुस २७ गते सोमबार एक सूचनामार्फत माघ १२ गतेसम्म पुनकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । लघुवित्तका ग्राहकले पहिलोपल्ट पुनर्कर्जाको सहुलियत पाउने गरी चालु आर्थिक वर्षमा नै राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ जारी गरेको थियो । उक्त कार्यविधिमा कुल पुनर्कर्जाको लागि उपलब्ध स्रोत मध्ये १० प्रतिशत लघुवित्तमार्फत वितरण गर्ने बताएको थियो ।
हाल पुनर्कर्जा कोषमा ४२ अर्ब स्रोत रहेको छ । जसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था पुनर्कर्जा कार्यविधिले गरेको छ । यस अधारमा राष्ट्र बैंकले २ खर्ब १० अर्ब पुनर्कर्जा लगानी गर्न सक्नेछ । जसको १० प्रतिशत लघुवित्तमार्फत लगानी गनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
सोही कार्यविधिको आधारमा राष्ट्र बैंक लघुवित्तलाई एकमुष्ट पुनर्कर्जाको लागि आवेदन माग गरेको हो । लघुवित्त संस्थाहरुले असोज मसान्तमा कायम रहेको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म पुनर्कर्जा माग गर्न सक्नेछन् ।
यस्तै, तोकिएको चुक्ता पुँजी पुगेको, आफ्नो कार्यक्षेत्रभन्दा बाहेक बाहिर कर्जा प्रवाह नभएको, विगत एक वर्षयता राष्ट्र बैंकबाट कुनै पनि कारवाहीमा नपरेको र संस्थाका सञ्चालक समितिका पदाधिकारी र सीईओ विगत ३ वर्षयता कुनै पनि कारवाहीमा नपरेको भएमा मात्र पुनरर्कर्जा माग गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
लघुवित्त संस्थाहरुले पुनर्कर्जाको लागि आवेदन दिएपछि राष्ट्र बैंकले अध्ययन गरेर स्वीकृत गर्छ । राष्ट्र बैंकले स्वीकृत गरेको पुनर्कर्जा लघुवित्त संस्थाहरुले लगेपछि त्यसबाट उनीहरुको लागि कति घट्छ सोही अनुपातमा लघुवित्तबाट कर्जा लिएका ऋणीहरुको पनि कर्जाको ब्याजदर घटाउनुपर्ने राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् ।
“लघुवित्तले एकमुष्ट रुपमा लिएका कर्जाको आधारमा स्रोत लागत जति कम हुन्छ सोही अनुपातमा ऋणको कर्जाको ब्याजदर घटाउनुपर्ने हु्न्छ,” उनले भने, “पुनर्कर्जा पछि लघुवित्तका ऋणीहरुको कर्जाको ब्याजदर ०।५ देखि १ प्रतिशतसम्म घट्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय