Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष २८। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोना विरुद्धको खोप ल्याउनेबारे भारत सरकारसँग पहल गर्ने भएका छन् । मन्त्रीसहितको टोली केही दिनभित्रै भारत जाने र भ्रमणका क्रममा नेपाललाई खोप दिन मन्त्रीस्तरमा नै छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ ।
टोलीमा को–को रहने र कहिले प्रस्थान गर्ने भन्नेबारे मन्त्रालयले आज टुंगो लगाउँदैछ । भारतमा प्रयोग हुने भनिएको खोप सोही मूल्यमा नेपाललाई उपलब्ध गराउन जिटुजी प्रक्रियामार्फत् परराष्ट्र मन्त्रालयले निरन्तर छलफल गरिरहेको छ । योसँगै भारतमा खोप सप्लाई गर्ने सम्झौता गरेको शेरम इन्स्टिीच्युटसँग पनि नेपाल सरकारले कुटनीतिक प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय