Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष २८। अमेरिकाको एफबीआईले राष्ट्रपति निर्वाचित जो बाइडेनको ह्वाइटहाउस प्रवेश समारोह अगाडि ट्रम्पको समर्थनमा हतियारधारी प्रदर्शनकारीहरुले अर्को हिंसा मच्चाउने सक्ने सम्भावनाबारे चेतावनी दिएको छ ।
जनवरी २० को उक्त कार्यक्रम अगाडि ट्रम्प समर्थक समूहहरुले देशभरका ५० वटा स्टेटमा भेला हुने योजना बनाइरहेकाबारे अहिले विभिन्न रिपोर्ट प्राप्त भइरहेको बताइएको छ । यसै डरका बीच कार्यक्रम अवधिभर सुरक्षा प्रणाली अझ कडा बनाइने तयारी गरिएको हो ।
उता, सोमबार बाइडेनले संचारकर्मीहरुसँग बोल्दै आफूलाई अमेरिकी संसद भवन बाहिर राष्ट्रपतिको सपथ लिन कुनै डर या समस्या नभएको बताएका छन् । गत साताको हिंसात्मक घटनाका बावजुद बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारीस दुवैले क्यापिटल भवन बाहिर नै शपथ लिने अपेक्षा रहेको छ । यस्तोमा सुरक्षा अधिकारीहरुले सो घटना पुनः नदोहोरिने तरिकाले सबै तयारी भइरहेको बताएका छन् ।
जनवरी ६ भएको सो दुर्घटनामा ट्रम्पका हजारौँ समर्थकले पुलिससँगको झडपपछि संसद भवनभित्र जबरजस्ती प्रवेश गरि तोडफोड र आतङ्क मच्चाएका थिए । यस सम्बन्धी गृह सुरक्षाका कार्यबाहक प्रमुख, चाड उल्फले बाइडेनको शपथ कार्यक्रम भन्दा ६ दिन अगाडिदेखि नै अमेरिकाभर सुरक्षा सम्बन्धी ‘विशेष अपरेसन’ सञ्चालन गरिने बताएका हुन् । यसमा सो समारोहका लागि मात्र क्यापिटलमा १५ हजार राष्ट्रिय सुरक्षा समूहलाई खटाइने बताइएको छ ।
एबीसी न्युजले रिपोर्ट गरे अनुसार एफबीआईको आन्तरिक बुलेटिनले, एउटा समूह ट्रम्पलाई कार्यालयबाट हटाएमा सबै स्टेटका लोकल र संघीय न्यायलयहरुमा घुसेर दङ्गा मच्चाउने योजना बनाइरहेका सम्बन्धी चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय