Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२७ पुष चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो कालोपत्रे हुने भएको छ । निकुञ्जको बाटो कालोपत्रे गर्न निर्वाचन क्षेत्र बिकास कोषबाट ४ करोड रुपैँया बिनियोजन भएको माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । क्षेत्र बिकाश कोषको ४ करोड रकम तथा अन्य लगानी माडी नगरपालिकाले गर्ने गरी आँउदो असार मसान्तबाट काम गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
“निकुञ्जभित्रको बाटो कालोपत्रेमा लागि काम सुरुवात गर्ने बिषयमा निकुञ्जका वार्डेनसमेत उपस्थितीमा छलफल भएको छ” उहाँले भन्नुभयो । कालोपत्रेका लागि दुई देखि ३ महिना माडी नगरपालिकाका रोलर, ग्रेडरलगायतका सबै उपकरणको प्रयोग गरिने उहाँले बताउनुभयो । निकुञ्जभित्रको बाटो कालोपत्रे र बाटो २४ औँ घण्टा खुल्ला राख्ने सन्दर्भमा बनमन्त्रीलाई भेटेको बताउनुहुदैँ नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” समेत यस बिषयमा सकारात्मक रहनुभएको जिकिर गर्नुभएको हो ।
यस योजनामा रोकावट हुन सक्ने कानुनी व्यबस्था रहे प्रधानमन्त्रीले संसोधन गरेर माडीबासीलाई बिकासको प्रत्याभुति गर्न सक्ने वातावरण बनाईनु पर्ने बिचार राख्नुभएको थियो ।
साथै, मेयर ढकालले बर्तमान राजनैतिक स्थितीका कारण बिनियोजित बजेटहरु फ्रिज हुने गरी सरकार अगाडी बढे योजना सफल हुन नसक्ने शंका व्यक्त गर्नुभयो । यस योजनामा यसखाले कुनै पनि क्रियाकलाप भएमा माडीका सबै जनाता लिएर आन्दोलनमा जुट्नुको बिकल्प हुनेछैन उहाँले थप्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय