
पौष २७ । सिन्धुपाल्चोक, मोरङ र सुनसरीमा तीनजना मृत फेला परेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, चेहेरेस्थित सुनकोसी नदीको बीच भागमा सुनकोसी गाउँपालिका ३, कालिका उखुबारी बस्ने ६३ वर्षीय केशवबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका ११, स्थित बसपार्कमा काँकडभिट्टाबाट आएको मे।१ख ३३३३ नम्बरको बसमा झापा केर्खा बस्ने २५ वर्षीय राजकुमार थापा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका ६, पञ्चकन्या सामुदायिक वनमा परिचय नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।