Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष २७। झापा र कैलालीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका–७, स्थित सडकमा बा८०प ७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दोलखा, कालिञ्चोक–८ घर भएका ८० वर्षीय खेन्द्र शिवाकोटीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा, बिर्तामोड नगरपालिका–५ बस्ने २० वर्षीय किरण थापा र मोटरसाइकलमा सवार सोही नगरपालिका–७ बस्ने १५ वर्षीय प्रवेश महमतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१, लम्कीपुलस्थित सडकमा भे१त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँस्थित बनगाउँ बस्ने ३७ वर्षीया सरुपा तिवारी जैसीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय