Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष २७। झापा र कैलालीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका–७, स्थित सडकमा बा८०प ७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दोलखा, कालिञ्चोक–८ घर भएका ८० वर्षीय खेन्द्र शिवाकोटीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा, बिर्तामोड नगरपालिका–५ बस्ने २० वर्षीय किरण थापा र मोटरसाइकलमा सवार सोही नगरपालिका–७ बस्ने १५ वर्षीय प्रवेश महमतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१, लम्कीपुलस्थित सडकमा भे१त ५५०६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँस्थित बनगाउँ बस्ने ३७ वर्षीया सरुपा तिवारी जैसीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय