Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
शैक्षिक परामर्श संघको दोस्रो साधारणसभा सम्पन्न
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

पौष २७ । राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेका वैदेशिक शिक्षा परामर्श दातृहरुको छाता संगठन हो ।
स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार नेकाले यसपटकको साधारणसभा भचुर्अल गर्‍यो । नेकाको प्रथम उपाध्यक्ष ज्ञानेन्द्रमान जोशीले आजको दिन नयाँ रणनीति बनाउने र विगतका नीतिमा समीक्षा गरिने बताए । भचुर्अल कार्यक्रममा नेकाले गरेका काम र उपलब्धिहरुको बारेमा जानकारी दिइएको थियो ।
नेकाले वैदेशिक शैक्षिक संस्था, कूटनीतिक नियोग, नेपाल सरकार, शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न मुद्दाहरु प्रभावकारी ढंगले उठाएर त्यसको सम्बोधन गर्दै आएको छ ।
विश्वव्यापी कोरोनाभाइरसका कारण व्यापार नै ठप्प भएको बेला नेकाले सरकारसँग शैक्षिक परामर्श सेवा अतिप्रभावित क्षेत्रको रुपमा राखिन निरन्तर लबिङ गर्दै आएको छ । यस्तै, कोभिड–१९ को जोखिम कम भएको क्षेत्रमा उच्च शिक्षामा विद्यार्थी जान पाऊन् भनेर नो अब्जेक्सन लेटर पाउन मन्त्रालयमा निरन्तर लबिङ गरेको र स्वास्थ्य मापदण्ड पूरा गरी विद्यार्थीले नो अब्जेक्सन लेटर पाउन सकेको जानकारी दिइएको छ ।
कोरोनाभाइरसले महामारीको रुप लिएपछि विदेशमा अध्ययनरत् विद्यार्थीको तथ्यांक संकलन गरी स्वदेशी र विदेशीको सहयोगमा राहत प्याकेज दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय