Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

पौष २७ । राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेका वैदेशिक शिक्षा परामर्श दातृहरुको छाता संगठन हो ।
स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार नेकाले यसपटकको साधारणसभा भचुर्अल गर्‍यो । नेकाको प्रथम उपाध्यक्ष ज्ञानेन्द्रमान जोशीले आजको दिन नयाँ रणनीति बनाउने र विगतका नीतिमा समीक्षा गरिने बताए । भचुर्अल कार्यक्रममा नेकाले गरेका काम र उपलब्धिहरुको बारेमा जानकारी दिइएको थियो ।
नेकाले वैदेशिक शैक्षिक संस्था, कूटनीतिक नियोग, नेपाल सरकार, शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न मुद्दाहरु प्रभावकारी ढंगले उठाएर त्यसको सम्बोधन गर्दै आएको छ ।
विश्वव्यापी कोरोनाभाइरसका कारण व्यापार नै ठप्प भएको बेला नेकाले सरकारसँग शैक्षिक परामर्श सेवा अतिप्रभावित क्षेत्रको रुपमा राखिन निरन्तर लबिङ गर्दै आएको छ । यस्तै, कोभिड–१९ को जोखिम कम भएको क्षेत्रमा उच्च शिक्षामा विद्यार्थी जान पाऊन् भनेर नो अब्जेक्सन लेटर पाउन मन्त्रालयमा निरन्तर लबिङ गरेको र स्वास्थ्य मापदण्ड पूरा गरी विद्यार्थीले नो अब्जेक्सन लेटर पाउन सकेको जानकारी दिइएको छ ।
कोरोनाभाइरसले महामारीको रुप लिएपछि विदेशमा अध्ययनरत् विद्यार्थीको तथ्यांक संकलन गरी स्वदेशी र विदेशीको सहयोगमा राहत प्याकेज दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय