Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

२७ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिएका छन् ।
विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।
केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको उपकुलपति सिंहको आरोप छ । ‘केही विश्वविद्यालयकै क्याम्पस चिफ र प्रध्यापकहरुले कुनामा बसेर विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाएका छन्,’ उनले भने, ‘विद्यार्थीहरुको माग पूरा हुन सक्दैन्, उदण्ड विद्यार्थीलाई निस्कासन गर्छौं ।’
मप विश्वविद्यालयमा सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ पढाइ भइरहेको छ । त्यसै विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरिरहेका छन् । यस सम्बन्धमा उपकुलपति सिंहले हाइड्रो इन्जिनियरिङ विश्वविद्यालयका लागि अभिशाप भएको बताएका छन् । ‘जहिले पनि यिनै विद्यार्थीहरुले उदण्ड मच्चाउँछन्,’ उनले भने, ‘विश्वविद्यालयको सम्पति तोड्फोड गर्ने अधिकार कसैलाई छैन्, कसैले गर्छ भने त्यस्लाई सार्वजनिक मुद्दा चलाउँछौं ।’
उपकुलपति सिंहले विद्यार्थी उचाल्ने केही प्रोफेसरलाई समेत मुगु र रुकुममा सरुवा गरिदिने र क्याम्पस प्रमुखलाई कारबाही गर्ने धम्की दिए ।
हाइड्रो इन्जिनियरिङको सम्बन्धन, कोरोना अवधिको शुल्क मिनाहलगायतका विषयमा आइतबार उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि धरपकड भएपछि विद्यार्थीले सोमबार उपकुलपति सिंहको पुत्लासमेत जलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय