Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
पारस खड्का: पछिल्लो दशकमा हावी भएका खेलाडी
Nepali Unicode | Preeti to Unicode

२७ पुस । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले वर्ष २०७६ भर गरेको उत्कृष्ट प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा यही पुस २८ गते एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ आयोजना गर्दैछ ।
विक्रम संवत् २०५३ सालदेखि सुरु भएको अवार्डको यो १७औं संस्करण हो । दोस्रो संस्करण आयोजनाका लागि २०६० सालसम्म कुर्नुपरे पनि त्यता निरन्तर अवार्ड हुँदै आएको छ ।
विनाशकारी भूकम्पका कारण २०७१ सालको अवार्ड कार्यक्रम भने आयोजना हुन सकेन । यस पटक पनि कोरोना महामारीले गर्दा नेपाली खेलकुद प्रभावित बन्यो । तर २०७६ सालमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता खेलेको र महत्वपूर्ण उपलब्धी हासिल गरेकाले पनि एनएसजेएफले ढिलै भएपनि अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।
खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने यस अवार्ड नेपाली खेलकुदकै सबैभन्दा ठूलो अवार्ड हो । २०५४ सालमा वर्ष खेलाडी पुरुष, महिला, वर्ष प्रशिक्षक र लाइफटाइम अचिभमेन्ट गरी चार विधाको अवार्ड वितरण गरिएको थियो । अहिले अवार्डको विधा थपिएर १० पुगेको छ ।
२०६० सालमा फेरि अवार्ड सुरु हुँदा महिला र पुरुष उत्कृष्टलाई मात्र अवार्ड दिइयो । २०६१ मा युवा विधा थप भयो । २०६२ मा महिला, पुरुष, युवा, प्रशिक्षक र लाइफटाइमसहित ५ विधा बन्यो । यसयता भने अवार्डमा विभिन्न विधा थपिँदै आएको छ । २०६३ मा स्पेशल विधा थपिँदा २०६४ मा पनि ६ विधा निरन्तर रह्यो । २०६५ मा लोकप्रिय विधा थप गरियो र ७ विधा पुग्‍यो ।
२०६७ मा अझ दायरा फराकिलो भयो । पारा एथलिट अवार्ड थपियो । यस्तै साहसिक अवार्ड र जादुयी अवार्ड पनि वितरण गरिएको थियो ।
अवार्डको पहिलो संस्करणमा फुटबलका देवनारायण चौधरी र तेक्वान्दोकी संगीना वैद्य विजयी भएका थिए ।
२०६० र ६१ मा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले लगातार दुई पटक अवार्ड जित्दै दबदबा बनाए । २०६२ क्रिकेटर विनोद दासले अवार्ड जिते । २०६३ र २०६४ मा तेक्वान्दोमा दिपक विष्ट हावी बने । राजेन्द्रपछि लगातार दुई अवार्ड जित्ने खेलाडी बने विष्ट ।
त्यसपछि चार संस्करणमा फरक फरक खेलाडीले अवार्ड जिते । २०६५ मा फुटबलर जुमानु राई, २०६६ मा क्रिकेटर पारस खड्का २०६७ मा बक्सिङका दीपक महर्जन तथा २०६८ मा गल्फका शिवराम श्रेष्ठले अवार्ड जिते ।
२०६९ मा पारसले पुनस् अवार्ड जित्दै राजेन्द्र र दीपकसँगै दुई अवार्ड बराबरी गरे । २०७० मा फेरि अवार्ड जित्दै लगातार दुई पटक जित्ने तेस्रो खेलाडी बनेका पारस सर्वाधिक ३ अवार्ड जित्ने खेलाडी बने । पारसले २०७४ सालमा पनि वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जित्दै कीर्तिमानी चौथो पटक अवार्ड जिते ।
पारसले त्यसअघि २०६४ मा वर्ष युवा खेलाडीको अवार्ड समेत जितेका थिए । पछिल्लो एक दशकमा पारसले स्पोर्ट्स अवार्डमा दबदबा नै कायम गरे । २०६६ यता उनी ६ पटक वर्ष खेलाडीको अवार्डमा मनोनयनमा परे भने सर्वाधिक ४ पटक अवार्ड जिते । २०६८ र २०७५ मा भने पारसले अवार्ड जित्न सकेनन् ।
पारसबाहेक करातेकी गंगा अधिकारीले पनि यस दशकमा दुई अवार्ड जितिन् । उनले २०६६ र २०६९ मा वर्ष महिला खेलाडीको अवार्ड जितिन् । यस्तै पुबुदु दासानायकेले २०६९ र २०७० मा लगातार दुई पटक वर्ष प्रशिक्षकको अवार्ड जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय