पौष २६ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश ९२० देश मा ३१७ संक्रमित पुगेका छन् ।
संघको स्वास्थ्य समिति संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ हजार एक सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, यूएईमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा १९ सय १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात् ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
करिब २ लाख नेपालीको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
गैरआवासीय नेपाली संघ ९एनआरएनए० र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा। बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सक्रिय रुपमा लागेको छ ।
विदेशका विभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पीसीआर टेस्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघले साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ ।
विभिन्न दातृ संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।
हालसम्म गैरआवासीय नेपाली संघले ८६२ जनालाई काठमाडौंबाट गन्तव्यसम्म पुग्न निस्शुल्क बस भाडा स्वरुप आर्थिक सहयोगसमेत गरेको छ । संघले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँबराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs