Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
वामदेवले घोषणा गरे नेकपा एकता अभियान
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

२५ पुस । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । तर बामदेव गौतम दुबैतिर लागेका छैनन् ।
पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्धलाई लिएर भनेर उत्पन्न अन्तरविरोध समाधान गर्न नसक्दा पार्टी विभाजन उन्मुख भएको भन्दै गौतमले यो शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक भएको बताएका छन् । उनले भनेका छन्, मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भयो ।’
पार्टीमा उत्पन्न समस्या समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने घटना हुनु निकै पीडादायी भएको उनले बताए ।
पछिल्लो एक वर्ष पार्टीभित्र उत्पन्न समस्या समाधान गर्नुको साटो धु्रवीकरणमा बितेको भन्दै उनले भनेका छन्, ‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होनु परेको छ ।’
अहिले कार्यकर्तालाई तानातान गर्दै केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेको भएपनि एकता जोगाउन वा पुनर्एकिकरण गर्ने उद्देश्य लिएर आफू कतै नगएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय