Nepali Unicode | Preeti to Unicode

पौष २३ । उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सब(स्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने ९ट्रिपिङ० को समस्या घट्दै गएको छ ।
नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार, विद्युत्‌को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा आपूर्ति बन्द भएको थियो ।
प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषितरअघोषित रुपमा विद्युत् कटौती ९लोडसेडिङ नगरिएको प्राधिकरणका कायम मुकायम ९कामु० कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्ने लगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताए ।
‘‘अहिलेसम्मको तथ्यांक हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’’ उनले भने । ‘‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भनेर बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’’ उनले ट्रिपिङ बढी हुने सब(स्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको पनि बताए ।
स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा ओभरलोड रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्‌का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मंसिरमा यी काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द सट डाउन गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय