Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
महाकालीमा नेपालको जानकारीबिनै भारतद्वारा बाँध निर्माण
Nepali Unicode | Preeti to Unicode

पौष २२ । दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेको छ । दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो ।
सो क्षेत्रमा नेपाली भूमिसमेत पर्ने दार्चुलावासीले दाबी गर्दै आएका छन् । ०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको भूभाग नदीपारि परेको नेपाली भूभागमा भारतीय पक्षले तटबन्ध निर्माण अघि बढाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
उनले भने, “भारतले एकतर्फी बाँध निर्माण गरेको देखेपछि मैले केन्द्र सरकारलाई जानकारी गराएको छु । यसबाहेक पुस २ गते धारचुलास्थित भारतीय प्रशासनलाई बाँध निर्माण रोक्न पत्राचार गरेको थिएँ । भारतीय पक्षबाट त्यसको जवाफ आएन ।”
सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा दुई देशको आपसी सहमति जरुरी हुन्छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आफूले पत्र पठाएपछि भारतीय पक्षले काम रोक्नुको साटो झन तीव्र पारेको थियो ।
एकतर्फी तटबन्ध निर्माण कार्य जारी रहेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई कूटनीतिक पत्रसमेत पठाइएको बताइएको छ । ०७० सालमा बाढी आउँदा महाकाली नदीले धार परिर्वतन गरेको थियो । धार परिवर्तन हुँदा जमिन कटान भएर नेपालतर्फको जमीन महाकालीमा विलिन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय