Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

पौष २२ । दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेको छ । दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो ।
सो क्षेत्रमा नेपाली भूमिसमेत पर्ने दार्चुलावासीले दाबी गर्दै आएका छन् । ०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको भूभाग नदीपारि परेको नेपाली भूभागमा भारतीय पक्षले तटबन्ध निर्माण अघि बढाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
उनले भने, “भारतले एकतर्फी बाँध निर्माण गरेको देखेपछि मैले केन्द्र सरकारलाई जानकारी गराएको छु । यसबाहेक पुस २ गते धारचुलास्थित भारतीय प्रशासनलाई बाँध निर्माण रोक्न पत्राचार गरेको थिएँ । भारतीय पक्षबाट त्यसको जवाफ आएन ।”
सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा दुई देशको आपसी सहमति जरुरी हुन्छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आफूले पत्र पठाएपछि भारतीय पक्षले काम रोक्नुको साटो झन तीव्र पारेको थियो ।
एकतर्फी तटबन्ध निर्माण कार्य जारी रहेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई कूटनीतिक पत्रसमेत पठाइएको बताइएको छ । ०७० सालमा बाढी आउँदा महाकाली नदीले धार परिर्वतन गरेको थियो । धार परिवर्तन हुँदा जमिन कटान भएर नेपालतर्फको जमीन महाकालीमा विलिन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय