पौष २२ । बम विस्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका उदयपुर नगरपालिका २ का ३३ वर्षीय अमृत भन्ने देवबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका १४, धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विस्फोट गराएको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न पवन राई यसअघि नै पक्राउ परेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs