Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

पौष २२ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा०नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।
गण्डकी प्रदेशसभाको यस विशेष अधिवेशनमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका बहुवर्षीय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्बन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनका बीच मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे ।
नेकपाका प्रदेशसभा सदस्य दीपक कोइरालाले मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिध्सिभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफूहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँखालको गठबन्धनको खोजी हुने बताए ।
कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उनले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उनको भनाइ छ ।
जसपाका प्रदेश्सभा सदस्य हरिशरण आचार्यले प्रदेशसभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेस गर्ने र संकल्प प्रस्ताव भने साझारुपमा पेस गर्ने सहमति भएको बताए ।
उनले सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भए पनि हरियो जंगल फाँडेर मरुभूमि बनाएको टिप्पणी गरे । जसपाको ध्यान सरकारतर्फ नभएको उनको भनाइ छ ।
गण्डकी प्रदेश्सभाको अर्को बैठक यही पुस २६ गते बोलाइएको छ । २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्ता दिनपछि बस्ने बैठकमा कोभिड–१९ को बारेमा साझा संकल्प प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय