
पौष २२ । चितवनमा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बुधबार चोरीका तीन मोटरसाइकल, एक स्कुटर र त्यसमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९, शरदपुरका २१ वर्षीय मेलोन सुनार, भरतपुर ११, गणेशस्थानका १८ वर्षीय शिव विक, भरतपुर ८, गौरीगन्जका २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखाको भीमसेन गाउँपालिका ५ घर भई भरतपुर ८, पारसनगर जानकीटोल बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ छन् ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार पछिल्ला दिनमा पार्किङ क्षेत्र र घरमै राखेको मोटरसाइकलसमेत चोरी हुने गरेको छ ।