Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सीमानाका नखुले पनि भन्सार राजस्व बढ्यो
Nepali Unicode | Preeti to Unicode

पौष २२। भारतीय सीमानाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७र७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले भारतीय सीमानाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा चार करोड ८९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।
चालु आव २०७७र७८ मा छ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिए ।
भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ ।
अघिल्लो आव २०७६र७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको थियो । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय