Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

२१ पुस। कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको छानविनका क्रममा रुख कटानका लागि गएका वेला भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको पाइएको हो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार भारतीय पक्षले गोली चलाउँदा छर्रा लागेर दोधारा चाँदनी नगरपालिका–१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनार घाइते भएका छन् ।
‘घटनास्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ, फलामको आरा पनि त्यहीँ छ’, थापाले भनेका छन्, ‘त्यसैले भारतीय पक्षको दाबी बलियो देखिएको छ ।’
घाइते सुनारलाई गएराति नै प्रहरीले महाकाली अस्पताल भर्ना गरेको छ । सुनारले भने बजारबाट सामान किनेर फर्कँदै गरेको अवस्थामा आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।
काठ तस्करीमा घाइते सुनार बाहेक अन्य दुई जनामा संलग्न नदेखिएको प्रहरीले जनाएको छ । मंगलबार मंगलबार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको थापाले बताए ।
घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भइरहेको जानकारी पाएको थियो । ‘यहाँ धेरै रुख काटिएका छन्’, दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने, ‘हामी पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाइते भएको देखिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय