
पौष २१ । इलाममा श्रीमतीको हत्या गरेको आरोपमा देउमाई नगरपालिका ८, आमबोटेका ३३ वर्षीय सुवास राई पक्राउ परेका छन् ।
घरायसी विवादकै क्रममा २७ वर्षीया श्रीमती नम्रता राईलाई सुवासले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।